पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

२०७७, मंसिर १६ मंगलवार

  • 2.1K
    SHARES

  • पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

    मंसिर १६, इलाम ।

    इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ ।

    इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को २ च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो ।-रासस

    २०७७, मंसिर १६ मंगलवार०७:३६:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार