पहिरोले अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

पहिरोले अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

२०७९, आषाढ ४ शनिवार

  • 1.4K
    SHARES

  • पहिरोले अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

    मकवानपुर । पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ ।

    भीमफेदी गाउँपालिका–४ पान्द्राङमा गए राति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहानदेखि दुवैतर्फीरुपमा यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

    यस्तै, हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा अझै पनि यातायात सञ्चालनमा आउन सकेको छैन । केही दिनदेखि अवरुद्ध सडकखण्डमा यातायात सञ्चालनको लागि पहिरो हटाउने कार्य भइरहेको भीमफेदी प्रहरीले जनाएको छ ।

    हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

    २०७९, आषाढ ४ शनिवार११:१२:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार