बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार पसल बन्द हुने

बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार पसल बन्द हुने

२०७९, आषाढ ५ आइतवार

  • 881
    SHARES

  • बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार पसल बन्द हुने

    ढाका । बङ्गलादेश सरकारले बेलुका ८ बजेपछि बजार, पसल तथा होटल रेष्टुरेन्टहरु बन्द गर्न आदेश दिएको छ ।

    बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नै देशव्यापी रुपमा बङ्गलादेशका सबै नागरिकलाई आफ्ना व्यवसायहरु बन्द गर्न आदेश दिएका हुन् ।

    शुक्रबार राति प्रधानमन्त्री कार्यालयका महानिर्देशक (प्रशासन) मोहम्मद अहसान किबरिया सिद्दिकीले हस्ताक्षर गरेको परिपत्रमा उक्त निर्देशन दिइएको हो ।यस निर्देशनको उद्देश्य विश्वव्यापी रूपमा विद्युत् र ऊर्जाको मूल्यमा भइरहेको निरन्तर मूल्यवृद्धिको पृष्ठभूमिमा शक्ति र ऊर्जा बचत गर्ने हो ।

    सार्वजनिक सुरक्षा महाशाखा, वाणिज्य मन्त्रालय, ऊर्जा तथा खनिज श्रोत महाशाखा, स्थानीय सरकार महाशाखा, विद्युत् महाशाखा, उद्योग मन्त्रालय, कलकारखाना तथा प्रतिष्ठान निरीक्षण विभागलगायत सम्बन्धित मन्त्रालय तथा महाशाखाका सचिवहरू, प्रहरी नायव महानिरीक्षकहरूलाई बङ्गलादेश श्रम कानून २००६ को प्रतिबन्धको दफा ११४ बमोजिम आदेशलाई कडाइका साथ पालना गर्न सबै डिभिजन र जिल्लाका उपायुक्त र प्रहरी उपरीक्षकहरूलाई आदेश दिइएको छ ।-एजेन्सी । 

    २०७९, आषाढ ५ आइतवार०१:५१:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार