यी चार प्रदेशमा वर्षाको सम्भावना

यी चार प्रदेशमा वर्षाको सम्भावना

२०७९, आषाढ ६ सोमवार

  • 781
    SHARES

  • यी चार प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ । नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको असर रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायु प्रभाव छ।

    बाँकी क्षेत्रमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको छ।

    बिहान प्रदेश १, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ।

    दिउँसो प्रदेश १, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

    मंगलबार प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ। र, बाँकी प्रदेशका केही स्थानमा वर्षाको आकलन गरिएको छ ।

    २०७९, आषाढ ६ सोमवार०७:२९:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार