बालबालिकामाझ लोकप्रिय बन्दै मेरो कोडिङ क्लास

बालबालिकामाझ लोकप्रिय बन्दै मेरो कोडिङ क्लास

२०७९, आषाढ ८ बुधवार

  • 1.3K
    SHARES

  • बालबालिकामाझ लोकप्रिय बन्दै मेरो कोडिङ क्लास

    काठमाडौँ । बालबालिकामाझ मेरो कोडिङ क्लास लोकप्रिय बन्दै गएको देखिएको छ । ८ देखि १८ वर्षसम्मका बालबालिकाले निःशुल्क रुपमा कोडिङ क्लास सिकिरहेका छन् । कोडिङ सिक्न बालबालिका उत्सुक रहेको र अभिभावकमा पनि कोडिङ सिकाउनु पर्छ भन्ने मान्यता विकास भएकोले मेरो कोडिङ क्लासले निःशुल्क कोडिङ क्लास सञ्चालन गरेको जनाइएको छ । 

    एक घण्टाको कोडिङ क्लास निःशुल्क गरिएको मेरो कोडिङ क्लासका सीइओ बसन्त पन्तले जानकारी दिए । उनका अनुसार एक घण्टाको कोर्सको लागि https://merocodingclass.com/ मा गएर बुक गर्न सकिन्छ ।

    सन् २०२२ सम्ममा ५ हजार बालबालिकालाई निःशुल्क कोडिङ क्लास दिने लक्ष रहेकोमा अहिलेसम्म २ हजार जनाले क्लास लिइसकेका छन् । पछिल्लो समय बालबालिका र अभिभावकमा कोडिङबारे चासो बढेकोले निःशुल्क रूपमा फ्री डेमो क्लास सञ्चालन गरिएको पन्तले बताए । मेरो कोडिङ क्लासमा अहिले १ सय ३० जना भन्दा बढीले कोडिङ सिकिरहेका छन् । भर्चुअल माध्यमबाट पढाई हुने गरेको छ ।

    मेरो कोडिङ क्लासले विद्यालयमा पनि निःशुल्क कोडिङ क्लास सञ्चालन गर्ने गरेको छ । यसबाट बालबालिका र अभिभावक खुसी र दङ्ग छन् । कोडिङ क्लास पछि बालबालिकाले प्रोग्राम आफै डेभलभ गर्न सक्ने भएकाले पनि यसतर्फ बालबालिकासँगै अभिभावकको पनि रुचि देखिन्छ । कोडिङ सिकिरहेका यस श्रेष्ठले अरूले बनाएको गेम खेल्न भन्दा आफै गेम बनाउँदा आनन्द लाग्ने गरेको बताए ।

    बच्चैदेखि टेक्निकल लाइन समातेर भोलि पढ्ने विषयलाई सजिलो बनाओस् भन्नकै लागि आफूले कोडिङ सिकाउन लागेको अभिभावक मेघराज अर्यालले बताए । कोडिङ क्लासपछि बच्चामा कन्फिडेन्स बढेको पाएको उनले बताए ।

    कोडिङ ल्याङग्वेजले तार्किक सोचाइको विकास गर्दछ जसले बालबालिकाको सिर्जनाशीलतालाई बढाउँछ । हरेक क्षेत्रमा प्रविधिको प्रयोग अनिवार्य भइसकेको र डिजिटलाइजेसन भइरहेका कारण कम्प्युटर प्रोग्रामिङ जस्तो विशेष सीपको आवश्यकता खट्किएको सीइओ पन्तले बताए । 

    मेरो कोडिङ क्लासले कोडिङ क्लासको फ्री डेमो क्लासमा सहभागी हुनेहरूलाई पनि प्रमाणपत्र प्रदान गर्ने गरेको छ ।

    २०७९, आषाढ ८ बुधवार०८:२२:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार