भियतनाममा छ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि 

भियतनाममा छ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि 

२०७९, आषाढ ८ बुधवार

  • 909
    SHARES

  • भियतनाममा छ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि 

    हनोई । भियतनाममा पेट्रोलियम पदार्थको मूल्य ६ महिनामा १२ पटक वृद्धि भएको छ । 

    सन् २०२२ को अहिलेसम्म ६ पटक मूल्य वृद्धि भइसकेको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।  

    विश्व बजारमा पटक पटक निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले आफ्नो देशमा पनि मूल्य वृद्धि गर्नु परेको उनीहरूको भनाई छ । 

    उनीहरूका अनुसार यही जुन महिनाको २१ दिनमा मात्रै तीन पटक मूल्य वृद्धि भइसकेको छ।

    देशको उद्योग तथा व्यापार मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय सम्बन्धित निकायलाई पठाएको छ । 

    देशमा अहिले आन्तरिक मागका लागि पाँच देखि सात दिनलाई मात्रै पुग्ने पेट्रोलियम पदार्थ रहेको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।

    महङ्गो र अभाव भइरहेको पेट्रोलियम पदार्थको खपत तथा माग घटाउन पनि मूल्य वृद्धि गर्नु परेको सरकारी अधिकारीहरूको भनाई छ । 

    पेट्रोलियम पदार्थको मूल्य अझ धेरै हुन नदिन सरकारले वातावरण संरक्षण कर कटौती गर्न अर्थ मन्त्रालयले प्रस्ताव गरेको छ । -एजेन्सी । 

    २०७९, आषाढ ८ बुधवार०९:०३:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार