टर्कीले संयुक्त राष्टसङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्ने

टर्कीले संयुक्त राष्टसङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्ने

२०७९, आषाढ ८ बुधवार

  • 801
    SHARES

  • टर्कीले संयुक्त राष्टसङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्ने

    अङ्कारा। टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ । युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो । 
     
    टर्कीले स्तानबुलमा बैठक आह्वान गरेको छ । आगामी हप्ता चार दिनका लागि सो बैठकको आह्वान गर्ने भएको हो । 

    यस विषयमा आवश्यक छलफलका लागि टर्कीको सैनिक प्रतिनिधिमण्डल यसै हप्ता रुस जाने भएको छ । सो बैठकमा संयुक्त राष्टसङ्घका महासचवि एन्टोनियो गुटर्रेस पनि सहभागी हुनुहुने भएको समाचारमा जनाइएको छ । 

    संयुक्त राष्टसङ्घले रुस र युक्रेनलाई शान्ति स्थापनाका लागि पहल गर्न आग्रह गर्दै आएको छ । साथै युक्रेनमा जारी रहेको हिंसाका कारण त्यहाँबाट खाद्यान्नलगायतका सामान निर्यात गर्ने बाटो पनि बन्द भएको छ । 
     
    यी खाद्यान्न निर्यातका लागि करिडोर स्थापना गर्न संयुक्त राष्ट्रसङ्घले आग्रह गर्दै आएको छ । 
     
    सो प्रयोजनका लागि सहमति जुटाउन पनि रुस र युक्रेनको सहभागितामा टर्कीले सो बैठकको आयोजना गरिएको टर्कीले जनाएको छ ।-एजेन्सी ।

    २०७९, आषाढ ८ बुधवार०१:३३:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार