साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिवाना हुने

साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिवाना हुने

२०७९, आषाढ ९ बिहिवार

  • 1.2K
    SHARES

  • साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिवाना हुने

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानगरवासीलाई आग्रह गरेको छ ।

    काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार ०७९ साल साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको छ ।

    उक्त व्यवस्था अनुसार जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकोले फोहोर पृथकीकरण गरी कुहिने फोहोर सङ्कलन गर्न आउने दिन कुहिने फोहोर मात्रै सङ्कलन गर्ने र नकुहिने फोहोर संकन गर्न आउने दिन नकुहिने फोहोर मात्रै सङ्कलन गर्ने महानगरले सार्वजनिक सूचना जारी गर्दै जनाएको छ ।

    स्रोतमा नै फोहोरको पृथकीकरण नगरे फोहोर सङ्कलन नगर्ने जनाएको महानगरले काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कसुर मानी प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना हुने जनाएको छ ।

    २०७९, आषाढ ९ बिहिवार०८:३१:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार