कहाँ कहाँ पर्दैछ आज पानी ?

कहाँ कहाँ पर्दैछ आज पानी ?

२०७९, आषाढ १० शुक्रवार

  • 849
    SHARES

  • कहाँ कहाँ पर्दैछ आज पानी ?

    काठमाडौँ । आज देशका धेरैजसो स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यस्तै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव समेत नेपालमा रहेको छ ।

    महाशाखाका अनुसार देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली देखी पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको छ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भू– भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    यस्तै राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    २०७९, आषाढ १० शुक्रवार०७:१९:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार