नेपाल एसपिपीमा सहभागी नहुने निर्णयको चीनले गर्‍यो प्रशंसा

नेपाल एसपिपीमा सहभागी नहुने निर्णयको चीनले गर्‍यो प्रशंसा

२०७९, आषाढ १० शुक्रवार

  • 725
    SHARES

  • नेपाल एसपिपीमा सहभागी नहुने निर्णयको चीनले गर्‍यो प्रशंसा

    चीनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने नेपाल सरकारको निर्णयको प्रशंसा गरेको छ।

    चिनियाँ विदेश मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षामा सधैँ सघाउने पनि बताए।

    उनले नाटोलाई चिनियाँबिरुद्ध गलत सूचना नफैल्याउन, विवाद निम्त्याउने गरी रणनीतिक मार्ग निर्माण नगर्न र नयाँ शीतयुद्ध ननिम्त्याउन पनि चेतावनी दिएको छ।

    उनले अमेरिकी शैलीको प्रजातन्त्रबारे प्रशस्त प्रश्न उठाइएको र आलोचना गरिएको पनि बताए। उनले अमेरिकी नेताहरुले प्रजातन्त्रलाई व्यक्तिगत र समूहगत फाइदाका लागि प्रयोग गर्ने र अमेरिकी साम्राज्यवादको पक्षपोषण गर्ने हतियारका रुपमा प्रयोग गरेको आरोप पनि लगाए।

    २०७९, आषाढ १० शुक्रवार०८:२६:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार