काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको निर्वाचन आज जारी छ ।
केहीवेर अगाडि प्रगतिशिल अध्यक्षका उमेदवार छत्र बहादुर कार्कीले मतदान गरेका छन् । उनले विश्वविद्यालयको स्मृति भवन केन्द्रबाट मतदान गरेका हुन् ।
यस निर्वाचनका लागि देशैभर ७३ वटा निर्वाचन केन्द्रबाट ४ हजार ९ सय ७९ जनाले मतदान गरिरहेका छन् ।