बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षती

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षती

२०७९, आषाढ ११ शनिवार

  • 817
    SHARES

  • बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षती

    सिन्धुपाल्चोक । गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।

    बाढीको त्रासले  मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । 

    राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताए ।  

    गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । 

    अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए । यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।

    २०७९, आषाढ ११ शनिवार०८:०३:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार