एमाले सुदृढिकरणका लागि जिम्मेवारीबाट घटुवा गर्नुपर्ने युवानेता पोखरेलको प्रस्ताव 

एमाले सुदृढिकरणका लागि जिम्मेवारीबाट घटुवा गर्नुपर्ने युवानेता पोखरेलको प्रस्ताव 

२०७९, आषाढ ११ शनिवार

  • 1.4K
    SHARES

  • एमाले सुदृढिकरणका लागि जिम्मेवारीबाट घटुवा गर्नुपर्ने युवानेता पोखरेलको प्रस्ताव 

    बुटवल । बैशाख ३० गते सम्पन्न भएको ७५३ स्थानिय तहको निर्वाचन मध्ये बाजुराको बुढिगंगा बाहेकले जनप्रतिनिधि प्राप्त गरिसकेका छन् ।

    निर्वाचनले साना दलमात्र हैन, राष्ट्रिय राजनीतिमा छाएका झण्डैँ ७५ वर्षिय ज्येष्ठ पार्टी नेपाली कांग्रेस र नेकपा एमालेको मथिंगल समेत नराम्ररी हल्लाईदिएको छ । पार्टी प्रति जनताको मोह भंगहुने क्रममा नसिहत स्वरुप काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उमेदवारले विजय हासिल गरेका छन् ।

    खासगरि जनताको भावना अनुसार राजनीतिक दल नचल्नुका साथै कामयावी नेता कार्यकर्ता उत्पादन हुन छाडेका विचारहरु जनताले राख्न थालेका छन् । भ्रष्टाचार मौलाएको छ, महँगीले जनताको चुलो नै नबल्ने हो की भन्ने चिन्ता बढेर गएको छ । श्रीलंका जस्तो सतप्रतिशत शिक्षित मूलुक त आर्थिक रुपमा टाट पल्टिएको घोषणा त्यहाँको सरकारले गसिकेको छ भने नेपाल जस्तो गरिब मुलुकले त झनै धेरै ठक्कर खाला की भन्ने चिन्ता बढेर गएको छ ।

    प्रजाले शासन गर्न पाउनुपर्ने नीति, विचार तथा सिद्धान्त बमोजिम खोलिएका पार्टी र पार्टीबाट आर्जन भएको शक्ति स्वरुप जनअनुमोदित हुँदै जनताका लागि सत्ता संचालन हुनु पर्नेमा त्यसो नभई आफ्नो निजी कम्पनी झैँ देश चलाएको आरोप देशका सम्पूर्ण पार्टीलाई लाग्दै आएको छ । सुन्दै जिउ सिरिंग हुने कुकृत्यको कार्यमा दर्ज हुने देखिएको अर्थमन्त्री जनार्दन शर्माले व्यापारीको हितमा करका दर नै हेरफेर गरेर पनि ढाँट्दै सत्तामा बसिरहेको घटनाले भोलिका दिनमा मुलुक कुन दिशामा दौडेला अनुमानै गर्न गार्हो बन्दै गएको छ ।

    यति कुरा चाँहि भन्न सकिन्छ, अत्यन्तै धेरै देशको अवस्था बिग्रिए पछि सम्हाल्न नसकि हालका शासकहरु झोलिझिम्टा बोकेर पलाएन हुनेछन् या जनताले लखेट्न थालेपछि देश छोडेर भाग्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । जनता बिचल्लि हुनेछन् । शक्ति राष्ट्रले हेलिकोप्टरबाट पठाएका बिस्कुट र पाउरोटीको प्रतिक्षामा जनता बाँच्न विवश हुनेछन् । 

    यी र यस्ता परिस्थितिको आँकलन गर्दै जनताका अन्तरमनलाई नजिकबाट बुझेका, महशुस गरेका एमाले युवा नेता देवराज पोखरेलले नेकपा एमाले सुदृढिकरणका लागि ३ वटा प्रस्ताव अगाडि सारेका छन् । जिम्मेवारी मात्र लिएर बसेको अयोग्य नेता तथा कार्यकर्ताले देशका लागि कुनै पनि भलाई नगर्ने पोखरेलको निचोड छ ।

    कुण्ठा र इगो बोकेको बैमान नेताले देशलाई परिवारवादमा लगेर झोस्ने, भ्रष्टाचार गर्ने, ऐँशआरामको जिवनयापनको खोजिमा देशै दाउमा राखेर भए पनि शत्ता र शक्तिमा टिकिरहने कर्ममा लाग्ने पोखरेलको आशय देखिन्छ । उनले सामाजिक संजालमा 'हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?आउनुस !सहकार्य गरौं,' भन्दै आफ्ना विचार राखेका छन् ।

    उनका प्रस्ताव यस प्रकार छन् : १. दोहोरो तेहेरो जिम्मेवारीको अन्त्य, २. हरेक कार्यकर्तालाई योग्यता, क्षमता अनुसारको जिम्मेवारी, ३. जिम्मेवारी लिएर सफलतापूर्वक पूरा गर्नेलाई बढुवा, नसक्नेलाई घटुवाको विधि निर्धारण । 

    २०७९, आषाढ ११ शनिवार०९:५०:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार