ओस्लो नाइट क्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु , कैयौँ घाइते

ओस्लो नाइट क्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु , कैयौँ घाइते

२०७९, आषाढ ११ शनिवार

  • 901
    SHARES

  • ओस्लो नाइट क्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु , कैयौँ घाइते

    ओस्लो ।  यहाँ स्थित एक नाइट क्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

    आज बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीहरूले बताएका छन् । 

    नाइट क्लबमा धेरै गोली चलाइएको र धेरै जना गम्भीर घाइते भएका प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणको कारण स्पष्ट भई नसकेको तथा घटनाको छानबिन भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् । 

    बन्दुक हिंसाबाट अति प्रभावित संयुक्त राज्य अमेरिकाले त्यसलाई रोक्न सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी कानुन पारित गरेको भोलिपल्ट नर्वेमा उक्त घटना भएको हो । पछिल्लो समय अमेरिकामा बन्दुक हिंसा बढेपछि सिनेटले नयाँ कानुन पारित गरेको हो । 

    टेक्सासको  उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि शुक्रवार १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा प्रस्तुत हुने क्रममा छ । 

    ३९ करोड अमेरिकीसँग बन्दुक रहेका तथा सन् २०२० मा मात्र बन्दुकसम्बन्धी हिंसामा परी ४५ हजारभन्दा बढी अमेरिकी नागरिकको मृत्यु भएको थियो । एजेन्सी ।

    २०७९, आषाढ ११ शनिवार०२:२३:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार