नागरिक लगानी कोषले गर्यो आकर्षक लाभांश घोषणा, सहभागिलाई थप १.५ प्रतिशत प्रतिफल 

नागरिक लगानी कोषले गर्यो आकर्षक लाभांश घोषणा, सहभागिलाई थप १.५ प्रतिशत प्रतिफल 

२०७९, आषाढ ११ शनिवार

  • 4.2K
    SHARES

  • नागरिक लगानी कोषले गर्यो आकर्षक लाभांश घोषणा, सहभागिलाई थप १.५ प्रतिशत प्रतिफल 

    काठमाडौं । नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांस दिने भएको छ । 

    कोषको आज साँझ बसेको संचालक समितिको बैठकले कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    सो लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ। 

    कोषका कार्यकारी निर्देशक रमण नेपालका अनुसार चुस्तदुरुस्त नयाँ व्यवस्थापन, आधुनिक सफ्टवेयर प्रणाली, पारदर्शी एवं मितव्ययी व्यवस्थापनका कारण लगानी कोषले वित्तिय तथा भौतिक रुपमा फड्को मारेको बताएका छन् ।

    त्यस्तै, कोषमा सहभागिहरुलाई समेत थप १.५ प्रतिशत प्रतिफल प्रदान गरिएको उनको भनाई छ । कोभिड महामारीका बाबजुद कोषले झण्डैँ १ अरब ७४ करोड रुपयाँ प्रतिफल सहभागिलाई प्रदान गर्नु उत्साहजनक निर्णय रहेको पनि नेपालले बताएका छन् । 

    कोषले नयाँ बानेश्वरमा रहेको अस्तव्यस्त देखिने पुरानो भवनलाई छाडेर हाल अन्तरराष्ट्रिय सम्मेलन केन्द्र पछाडि रहेको नयाँ अत्याधुनिक भवनबाट सेवा सुचारु गरिसकेको छ । 

    cit-1.PNG

    २०७९, आषाढ ११ शनिवार०८:१२:०७
    प्रतिक्रिया
    सम्बन्धित समाचार