गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

२०७९, आषाढ १२ आइतवार

  • 873
    SHARES

  • गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ । आइतबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ।

    आज दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।

    हाल प्रदेश १, मधेश, बागमती, गण्डकी,लुम्बिनी र कर्णालीमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

     

    २०७९, आषाढ १२ आइतवार०७:२०:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार