अधिवक्ताको लिखित परीक्षा सातै प्रदेशबाट

अधिवक्ताको लिखित परीक्षा सातै प्रदेशबाट

२०७९, आषाढ १२ आइतवार

  • 1.1K
    SHARES

  • अधिवक्ताको लिखित परीक्षा सातै प्रदेशबाट

    काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ता तहको लिखित परीक्षा सातै प्रदेशबाट गर्ने भएको छ ।

    भदौ २३ गतेदेखि २६ गतेसम्म परीक्षा चल्नेछ ।

    बागमती प्रदेशको काठमाडौँमा परीक्षा हुनेछ भने प्रदेश नम्बर १ को विराटनगरमा हुनेछ ।

    मधेश प्रदेशको जनकपुरमा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा परीक्षा हुनेछन् ।

    अधिवक्ता तहको ३० औँ परीक्षामा सहभागी हुन इच्छुक व्यक्तिले आवश्यक कागजात असार १५ गतेदेखि साउन १५ गतेभित्र पेस गरिसक्नुपर्नेछ ।

    परीक्षा शुल्क भने चार हजार तोकिएको छ। परीक्षा कार्यक्रम र केन्द्र भने पछि तोकिने परिषद्ले जनाएको छ ।

    साथै ३१ औँ अधिवक्ता तहको परीक्षा भने नयाँ पाठ्यक्रमअनुसार हुने पनि परिषद्को भनाइ छ ।

    २०७९, आषाढ १२ आइतवार०८:०७:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार