विद्यालयमा अध्यक्ष आउँदा रक्सी पार्टी

विद्यालयमा अध्यक्ष आउँदा रक्सी पार्टी

२०७९, आषाढ १२ आइतवार

  • 1.1K
    SHARES

  • विद्यालयमा अध्यक्ष आउँदा रक्सी पार्टी

    हेटौंडा । पश्चिम मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९, खैराङको अठारेस्थित कालिका माध्यमिक विद्यालयले विद्यालयमा वडाध्यक्ष आउँदा रक्सी खुवाएको बिल फेला परेपछि लेखा समितिका संयोजकले राजीनामा दिएका छन् । 

    बिलको ‘भुक्तानी हुँदैन’ भनेर अड्डी कस्दा अल्पमतमा परेर संयोजक आयुश खड्काले राजीनामा दिएका हुन् । 

    ‘म आफैं माविको शिक्षक–अभिभावक संघको लेखा समिति संयोजक हुनुका नाताले मात्र नभई एक पूर्व विद्यार्थीका नाताले पनि यस विषयमा मैले भन्न कसैलाई छुटाइनँ ।

    पालिका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक पार्टीलाई पनि भनें । तर, खासै चासो कतै देखिएन,’ उनले भने, ‘विद्यालयको पैसामा खुलेआम रक्सी र चुरोट खाने, विभिन्न शीर्षकमा अनियमितता हुनु कदापि मान्य छैन । त्यसैले लेखा समिति संयोजकबाट राजीनामा गरेको छु ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    खड्काले विद्यालयको लेखा समितिमा पेस भएको ९ पानाको कापीमा लेखिएको विवरण र विद्यालयजस्तो पवित्रस्थलमा वडाअध्यक्ष आउँदा रक्सी, चुरोट, मासु पार्टी भएको कुराको विवरण राखेका छन् । उनले स्थानीय किराना पसलमा विद्यालयका उधारो खातामा रक्सी, चुरोट खरिद गरिएको पाइएको विवरण सार्वजनिक गरेका छन् । 

    पूर्वप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत व्यक्तिले विद्यालयको रकम पेश्की लगेको र हालसम्म फिर्ता नगरेको पनि उनको आरोप छ । उनले बेथिति हटाउन माग गर्दा सुधार हुने छाँट नदेखिएकाले राजीनामा दिएको उल्लेख गरेका छन् । 

    २०७९, आषाढ १२ आइतवार०८:२७:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार