नेपाली लायन्सलाई विश्वभर चिनाउँदै लायन्सका बादशाह संजय खेतान

नेपाली लायन्सलाई विश्वभर चिनाउँदै लायन्सका बादशाह संजय खेतान

२०७९, आषाढ १२ आइतवार

  • 973
    SHARES

  • नेपाली लायन्सलाई विश्वभर चिनाउँदै लायन्सका बादशाह संजय खेतान

    मोन्टेरल । अन्तरराष्ट्रिय स्वयंसेवी संस्था लायन्स क्लबको १०४ औं सम्मेलन क्यानाडाको मोन्टेरलमा शुरु भएको छ । २३ जुनबाट शुरु भएको सम्मेलन २९ जुनमा समापन हुने छ ।

    सम्मेलनमा नेपालका १५ वटा डिस्ट्रिक्टले सहभागिता जनाएका छन् । विश्वका २०० वटा राष्ट्रले सहभागिता जनाएको सम्मेलनमा नेपालबाट पास्ट इन्टरनेशनल डाईरेक्टर संजय खेतानले नेतृत्व गरिरहेका छन् । शनिवार नेपालको झण्डा सहित मार्चपास गर्दा अन्य मुलुकका प्रतिनिधिहरु मन्त्रमुग्ध देखिन्थे । 

    पछिल्लो दशकमा नेपालले एकपछि अर्को अन्तरराष्ट्रिय पुरस्कार जित्नुको मुख्य श्रेय खेतानको दृढ इच्छाशक्ति सहितको अविचलित र अनवरत योगदान नै हो भनेर बुझ्ने गरिन्छ । हालैमात्र नेपालका ४ वटा डिस्ट्रिक्टले टप चार को पुरस्कार प्राप्त गरेका छन् । 

    l-6.jpg

    यस सम्मेलनमा खेतानले इन्टरनेशन प्रेसिडेन्टको दावी नगर्ने भएका छन् । आगामी शत्रमा नेपालका लायन्स बालकृष्ण बुर्लाकोटीलाई इन्टरनेशनल डाइरेक्टर बनाउने भुमिकामा आफु रहने खेतानको भनाई छ । तत्पश्चात समयसँगै इन्टरनेशनल प्रसिडेन्टको ताज खेतानले प्राप्त गर्ने पनि निश्चित जस्तै देखिँदै गएको विश्लेषकको भनाई छ ।

    संसारभर विर गोर्खालीको देश, सगरमाथाको देश, गौतम बुद्ध जन्मेको देशका साथै इमान्दार र कर्तव्यनिष्ठ स्वयंसेवीहरुको देश नेपाल भनेर चिनिने पनि लायन्सका अभियन्ताले बताएका छन् । 

    l-12.jpgl-11.jpgl-10.jpgl-8.jpg

    २०७९, आषाढ १२ आइतवार०९:२७:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार