काठमाडौं । देशैभर सिलसिलेवर रुपमा शिक्षक माथि सांघातिक आक्रमण भएकोमा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय समितिले आक्रोश व्यक्त गरेको छ ।
गत असार ९ गते विहिवार भोजपुर अरुण गाउँपालिका -६ स्थित जरायोटार महेन्द्रोदय माध्यमिक विद्यालयका शिक्षक रञ्जनकुमार यादवलाई सरुवा प्रक्रियाको सन्दर्भमा पालिका शिक्षा शाखा प्रमुख श्यामकुमार राईले कार्यकक्षमा नै निर्घात कुटपिट गरेकामा संगठनले आपत्ति जनाएको हो । कुटपिटबाट घाइते यादवको हाल विराट नर्सिंह होम विराटनगरमा उपचार भईरहेको छ ।
त्यस्तै, असार १० गते सोताङ गाउँ कार्यपालिका सोलुखुम्बुले अनुमति प्राप्त भई करारमा नियुक्त भएका स्वीकृत दरवन्दी शिक्षण सहयोग अनुदान (ससर्त) र पालिका शैक्षिक अनुदान कोटाका करार शिक्षकहरु सबैलाई बिनाकारण बर्खास्त गर्ने स्थानीय सरकारको निर्णय र हुम्ला ताँजाकोट गाउँपालिकाले गरेको मनोमानी शिक्षक सरुवा गर्ने गतिविधि प्रति समेत संगठनको ध्यानाकर्षण भएको अध्यक्ष बिष्णु भण्डारी र महासचिव हंश बहादुर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
सामाजिक न्यायका लागि शिक्षाको दियो बाल्ने शिक्षकहरु माथि राजनीतिक खेल नखेल्न र यस्ता खालका प्रतिशोधित निर्णयहरुमा पुनर्विचार गर्न समेत संगठनले सचेत गराएको छ ।
विज्ञप्ति:
