नेपाल बार एसोसिएसन पाटन अध्यक्ष उम्मेदवारमा संयुक्त प्यानलका शान्तिराम खतिवडा

नेपाल बार एसोसिएसन पाटन अध्यक्ष उम्मेदवारमा संयुक्त प्यानलका शान्तिराम खतिवडा

२०७९, आषाढ १३ सोमवार

  • 1.0K
    SHARES

  • नेपाल बार एसोसिएसन पाटन अध्यक्ष उम्मेदवारमा संयुक्त प्यानलका शान्तिराम खतिवडा

    काठमाडौं । नेपाल बार एसोसिएसन पाटन उच्च अदालतको अध्यक्षमा संयुक्त प्यानलका तर्फबाट अधिवक्ता शान्तिराम खतिवडा उम्मेदवार बन्ने भएका छन्।

    नेकपा एमाले निकट पिपिएलए र नेकपा एकीकृत समाजवादी निकट एसपिएलएको संयुक्त प्यानलको तर्फबाट खतिवडालाई अध्यक्ष र रबिन्द्र कुमार ढुङ्गानालाई सचिवमा अगाडी सारिएको छ।

    करिव २९ वर्ष कानुन क्षेत्रमा सक्रिय रहदै आएका ओखलढुंगा जिल्ला मोलुंग गाउँपालिकाका खतिवडाले जिल्लाको बामपन्थी आन्दोलनको विकासमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन्  ।

    यहि असार २५ गते हुने नेपाल बार एसोसिएसन पाटन उच्च अदालतको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार रहेका खतिवडाले नेपाल ल क्याम्पसबाट एल एल एम गरेका छन।

    २०४८ सालको कर्मचारी आन्दोलनमा एक महिना जेल सजाय सहित अनिवार्य अवकास पाएका खतिवडा नेकपा एमाले केन्द्रिय कानुन विभाग र उपभोक्ता हित संरक्षण विभागका सदस्य समेत रहेका छन् ।

    अनेरास्ववियु ओखलढुंगा -काठमाण्डौ सम्पर्क मंचको अध्यक्ष हुँदै दुई पटक नेकपा एमाले ओखलढुंगा -काठमाण्डौ सम्पर्क मंचको अध्यक्ष रहेर योगदान पुर्याएका खतिवडा नेकपा एमाले कानुन ईलाका कमिटीका पुर्व अध्यक्ष समेत हुन्।

    २०७९, आषाढ १३ सोमवार०९:०३:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार