जापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने

जापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने

२०७९, आषाढ १३ सोमवार

  • 925
    SHARES

  • जापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने

    टोकियो । जापानमा गर्मी बढ्दो रुपमा रहेको पाइएको छ । यहाँका अधिकारीहरूका अनुसार यहाँ प्रत्येक दिन जसो बढीभन्दा बढी मात्रामा गर्मी बढिरहेको पाइएको छ । 

    अधिकारीहरूले यहाँको गर्मी इतिहासमै सबैभन्दा धेरै रेकर्ड भएको पाइएको बताएका छन् । उनीहरूका अनुसार यहाँको तातो हावा र गर्मीका कारण ऊर्जा आपूर्तिको प्रणालीमा पनि असर गर्न सक्ने देखिएको छ । 

    बढी तातोका कारण यस्तो हुन सक्ने भन्दै सर्वसाधारणमा सूचना जारी गरिएको छ । विशेष गरी जापानको राजधानी टोकियोमा पनि गर्मीको असर देखिएको छ । 

    यहाँको तापक्रम आइतबार ३४ डिग्री सेल्सियसमा रहेको थियो भने आज सोमबार थप एक बढेर ३५ डिग्री सेल्सियस पुगेको बताइएको छ । 

    यो तापक्रम आगामी केही दिनसम्म अझै बढ्न सक्ने भन्दै जापानको जापान मेट्रोलोजिकल एजेन्सीले सतर्क रहन र तातो हावा र  मौसमबाट बच्न सक्ने उपायहरू अपनाउन सूचना पनि जारी गरेको छ । 

    जापानको मन्त्रिपरिषद्का प्रवक्ता योसिहिको इसोजाकीले सर्वसाधारणहरूलाई अति आवश्यक बाहेकका काममा बाहिर ननिस्किन, इन्धनको खपत कम गर्न पनि आग्रह गरिएको जानकारी सोमबार आयोजना गरिएको एक पत्रकार सम्मेलनमा दिएको समाचारमा जनाइएको छ ।- एजेन्सी ।

    २०७९, आषाढ १३ सोमवार०५:०४:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार