एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज पनि 

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज पनि 

२०७९, आषाढ १४ मंगलवार

  • 813
    SHARES

  • एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज पनि 

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक आज सम्पन्न हुँदैछ । यसअघि हिजो बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको ३४ पृष्ठ लामो प्रतिवेदनलाई १२ बुँदामा प्रस्तुत गरिएको छ।

    अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्य योजनासम्म समेटिएका छन्। राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ।

    प्रतिवेदनमा वर्तमान राजनीतिक शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी र वाम-लोकतान्त्रिक’ गरी दुई धारमा व्याख्या गरिएको छ। प्रतिवेदनमा वर्तमान वाम-लोकतान्त्रिक गठबन्धनको औचित्य र आवश्यकताबारे व्याख्या गरिएको छ ।

    देशभरबाट करिब एक हजार ५०० सहभागी केन्द्रीय परिषद्मा छलफल भएपछि उक्त प्रतिवेदन परिमार्जनसहित पारित हुने बताइएको छ ।

    २०७९, आषाढ १४ मंगलवार०७:११:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार