काठमाडौं । निजी तथा सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकको प्राणघातक रोगको उपचारका लागि प्याव्सन महासचिव आरबि कटवालले आर्थिक सहयोग घोषणा गरेका छन् ।
आफ्नो जन्म दिनको अवसर पारेर नेक्सस इन्टरनेशनल स्कुल, पेप्सीकोला काठमाडौंका प्रिन्सिपल समेत रहेका कटवालले वृहत् राष्ट्रिय शिक्षा अभियानले सुरूवात गरेको अक्षय कोषका लागि रु एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।
स्याटलाइट खबरका प्रतिनिधि काठमाडौँका ठूला भनिएका विद्यालय एवं कलेजमा पुग्दा व्यापार गर्दा घाटा हुने भयो भने कसरी व्यापार गर्न सकिन्छ भनेर खुल्लमखुल्ला शिक्षा क्षेत्रलाई सुनको व्यापार भन्दा राम्रो र धेरै प्रतिफल दिन सक्ने व्यापारको रुपमा विद्यालय संचालकले घोषणा गरेको सुन्दा कटवालको यस कर्मलाई प्रशंसित नै मान्नु पर्दछ ।
शिक्षक तथा अभिभावकको पेट (अन्न थैली) काट्दै कुस्त नाफा कमाएर अमेरिका र युरोपको भ्याकेसन यात्रामा रमाउन निस्कने संचालक तथा प्रिन्सिपलको संख्या अहिले उल्लेखनिय देखिएको छ ।
केही समय अगाडी सम्म थाईल्याण्ड सम्म मात्र घुमेर आउने निजी विद्यालय तथा कलेज संचालकहरु आज अमेरिका, युरोप, कोरिया, जापान जाने हैसिएत बनाएका छन् । त्यस्तै भिडका बिचमा कटवालले गरेको यस घोषणाले आगामी दिनमा दुरगामी प्रभाव पार्ने सरोकारवालाको भनाई छ ।
२० औँ वर्ष निजी तथा सामुदायिक विद्यालयमा कार्यरत रहेर खालिहात रिटायर्ड हुनु पर्ने शिक्षकलाई पक्कै पनि यस कदमले सानै भएपनि राहत पुग्ने अनुमान गरिएको छ ।