जारको पानीमा पनि हैजाका जीवाणु

जारको पानीमा पनि हैजाका जीवाणु

२०७९, आषाढ १४ मंगलवार

  • 1.0K
    SHARES

  • जारको पानीमा पनि हैजाका जीवाणु

    काठमाडौं । काठमाडौं उपत्यकामा प्रयोग भइरहेका सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इकोलाई’ भेटिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

    महाशाखाले परीक्षण गरेका उपत्यकाका विभिन्न ठाउँको पानीका स्रोतमध्ये बागबजार, डिल्लीबजार र सानेपाको पानीमा हैजाका जीवाणु भेटिएको महाशाखाका प्रमुख डा. चुमनलाल दासले बताए । थप स्थानका नमुना परीक्षण भए पनि रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।  

    डा. दासका अनुसार आइतबार लिइएका आठ नमुनामध्ये पाँचवटामा इकोलाई भेटिएको थियो। ती नमुना डिल्लीबजार, बागबजार र सानेपाका थिए। रिपोर्टअनुसार सबैजसो नमुनामा हैजा र झाडापखाला फैलाउने खालका जीवाणु भेटिएका थिए। नैकाप, थानकोट र बल्खुको नमुना परीक्षण गरिए पनि रिपोर्ट आउन बाँकी छ।

    ‘काठमाडौं उपत्यकाका १५ प्रतिशत जारको पानी प्रदूषित भएको पाइएको छ,’ प्रमुख दासले भने, ‘बुढानिलकण्ठ नगरपालिकाले संकलन गरेको पानीका नमुनामध्ये ७२ प्रतिशतमा प्रदूषण देखिएको छ।’

    राजधानीमा परीक्षण गरिएका नमुनामध्ये धेरैमा इकोलाई भेटिएकाले पानीका स्रोत नै दूषित भएको बताइएको छ। त्यसकारण उपत्यकामा हैजा फैलिने प्रबल सम्भावना रहेको डा. दासले बताए । आइतबारसम्म १२ जनामा हैजा प्रमाणित भइसकेको छ। तीमध्ये आठजनाको उपचार भइसकेको छ भने चारजना उपचाररत छन्।  

    वर्षाका कारण सतहको दूषित पानी जमिनमुनिको स्रोतमा पुग्ने हुनाले इनार तथा बोरिङको पानीसमेत असुरक्षित रहेको बताइएको छ। उपत्यकाका कतिपय स्थानमा ढलका पुराना पाइप फुटेर दिसा मिसिएर पनि जमिनमुनिको पानी प्रदूषित हुने गरेको पाइएको छ।

    पानी दूषित हुने क्रम आगामी भदौसम्म जारी रहने भएकाले उपत्यकावासीलाई सचेतता अपनाउन र शुद्धीकरणको उपाय अपनाएर मात्र पानी पिउन डा. दासले सुझाव दिए । 

    २०७९, आषाढ १४ मंगलवार०८:३४:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार