नयाँ पार्टी घोषणा गर्दै नेता बामदेव गौतम

नयाँ पार्टी घोषणा गर्दै नेता बामदेव गौतम

२०७९, आषाढ १४ मंगलवार

  • 837
    SHARES

  • नयाँ पार्टी घोषणा गर्दै नेता बामदेव गौतम

    काठमाडौं। पछिल्लो समय निश्क्रिय रहेका बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। गौतमले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लागेको गौतमका सहयोगी दीपक टमाटाले जानकारी दिए।

    पछिल्लो समय गौतम नेकपा एकता अभियानसंचालन गरिरहेका थिए। तर उनको अभियानले सार्थकता पाउन नसकेपछि गौतमले नयाँ दल घोषणा गर्न लागेका हुन्।

    गौतमले यस अघिपनि नयाँ दल खोलेको अनुभव लिइसकेका छन् । उनले २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका थिए । उनी महासचिव बनेका थिए भने साहना प्रधान अध्यक्ष बनेकी थिइन् ।

    साहना प्रधानको निधन भईसकेको छ भने अहिले पनि एमालेबाटै पुनः बहिर्गमन हुँदै नयाँ पार्टी खोल्न लागेका हुन् । 

    २०७९, आषाढ १४ मंगलवार११:४८:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार