पाकिस्तानको रावलपिण्डीमा विषालु ग्यास निस्कँदा ५ जनाको मृत्यु

पाकिस्तानको रावलपिण्डीमा विषालु ग्यास निस्कँदा ५ जनाको मृत्यु

२०७९, आषाढ १४ मंगलवार

  • 921
    SHARES

  • पाकिस्तानको रावलपिण्डीमा विषालु ग्यास निस्कँदा ५ जनाको मृत्यु

    इस्लामाबाद । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको रावलपिन्डी सहरको एउटा इनारमा विषालु ग्यास निस्कँदा मङ्गलबार कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार रावत क्षेत्रमा रहेको इनार सफा गर्न एक जना मानिस भित्र पसेका थिए तर विषाक्त ग्यासका कारण बेहोस भएका थिए ।

    बेहोस भएको व्यक्तिलाई बाहिर निकाल्न अन्य सात जना इनारभित्र पसेका थिए दुर्भाग्यवश उनीहरु पनि बेहोस परेको सिन्ह्वाले उल्लेख गरेको छ ।

    उक्त खबर पाए लगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको समाचारमा जनाइएको छ ।

    सो घटनामा परी निसास्सिएर पाँच जनाको मृत्यु भएको छ भने अन्य तीन जनालाई जीवितै उद्धार गरी अस्पताल लगिएको सिन्ह्वाले जनाएको छ।एजेन्सी ।

    २०७९, आषाढ १४ मंगलवार०४:५९:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार