त्रिवि सेवा आयोगको अर्को बदमासी, स्टयाण्डर्ड डिकोडिंग भन्दै नासु भन्दा माथि गराइयो सबै फेल

त्रिवि सेवा आयोगको अर्को बदमासी, स्टयाण्डर्ड डिकोडिंग भन्दै नासु भन्दा माथि गराइयो सबै फेल

२०७९, आषाढ १४ मंगलवार

  • 3.1K
    SHARES

  • त्रिवि सेवा आयोगको अर्को बदमासी, स्टयाण्डर्ड डिकोडिंग भन्दै नासु भन्दा माथि गराइयो सबै फेल

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि लिइएको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । 

    आयोगले प्रकाशित गरेको नतिजा अनुसार नासु भन्दा माथिका अधिकृत प्रशासन र लेखा, उप प्रशासक, उपनियन्त्रक सबै फेल भएका छन् । 

    उत्तरपुस्तिका परिक्षण गर्दा स्टयाण्डर्ड डिकोडिंग गरेर परिक्षण गरिएको भन्दै अधिकृत र सो भन्दा माथिका सबै परीक्षार्थीलाई फेल गराइएको हो ।

    आयोगले २०७६ मंसिर १५ मा कार्यालय सहायक देखि उप प्रशासक सम्मका कर्मचारी माग गरेको थियो । जसको अन्तिम परीक्षा २०७८ मंसिर १६ सम्म संचालन भएको थियो । 

    आयोगले आवश्यकता भन्दा बढी भद्धा परिक्षण शैली अपनाउनाले कर्मचारी अभाव भएर अस्तव्यस्त बन्दै गएको त्रिभुवन विश्वविद्यालयलाई पुनः अर्को आपत्ति आइलागेको छ । 

    विश्वविद्यालयले माग गरेका कर्मचारी समयमै विज्ञापन गरि सेवालाई सुचारु गर्न सहयोग गर्नु पर्ने निकाय नै बेकम्मा बनेको देखिएको छ ।

    'विज्ञापन र परीक्षा संचालन गर्दा गरिएको लाखौँको लगानी, श्रम र समय त्यत्तिकै बरबाद भएको छ', नाम नबताउने शर्तमा आक्रोशित हुँदै विश्वविद्यालयका एक प्राध्यापकले बताए ।  

    सेवा आयोगका हालका अध्यक्ष डा लालु प्रसाद पौडेलले भद्धा शैली अपनाउनाले परीक्षार्थीका साथै विश्वविद्यालयलाई समेत नराम्रो झड्का दिन पुगेका सरोकारवालाको भनाई छ । उनको यस पद्धतिका विरुद्धमा परिक्षार्थीले पुनः अदालत गुहार्ने बताएका छन् ।

    यस अघिका अध्यक्ष चैतन्य शर्माले उत्तरपुस्तिकामै अंक मिलाउने गरि भएको परीक्षणको घटना पनि अदालतमै विचाराधिन छ ।

    लिखित परीक्षामा पास भएकाहरुलाई अन्तरवार्ताको मिती समेत निश्चित गरिएको छैन ।

    आयोग अध्यक्ष डा. पौडेल पदावधी सकिएर आगामी श्रावण १८ गते सेवाबाट बाहिरिँदै छन् । 

    २०७९, आषाढ १४ मंगलवार११:१५:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार