काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कर्मचारी संघको केन्द्रीय समितिको १२ औं राष्ट्रिय निर्वाचनमा प्रगितिशिल समूहले प्यानलै जितेको छ ।
मंगलबार राति सम्पन्न मतगणनानुसार सत्ताधारी पाँच दलीय गठबन्धनको वाम लोकतान्त्रिक प्यानललाई पराजित गर्दै नेकपा एमाले निकटको प्रगतिशिल कर्मचारी संगठनका उम्मेदवारहरू विजयी भएका नेता हेमराज न्यौपानेले बताए ।
उनका अनुसार अध्यक्षमा छत्रबहादुर कार्की विजयी भएका छन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र लामा विजयी भएका छन् भने अन्य उपाध्यक्षहरूमा पुष्कर खनाल, विजय कुशवाह, रविलोचन श्रेष्ठ, प्रजापति पराजुली, माधव ज्ञवाली, इश्वरी रेग्मी र मिङ्मादोर्जे शेर्पा विजयी भएका छन् ।
त्यसैगरि महासचिवमा सृजना भोमी विजयी भएकी छिन् भने सचिवमा उज्जवलमान प्रधान र कोषाध्यक्षमा प्रतिमा खत्री विजयी भएकी छिन् ।

त्यस्तै सदस्यहरूमा रेनुमाया दाहाल, शान्तिकृष्ण केसी, ललित रानामगर, ज्ञानबहादुर गुरूङ, निरञ्जन थापा, मोदनाथ लम्साल, पिताम्बर पंगेनी, इन्दिरा विष्ट, नवराज बराल, विनोद श्रेष्ठ, चन्द्रबहादुर भण्डारी, सरस्वती गौतम र हरिकला अधिकारी विजयी भएका छन् ।
त्रिवि कर्मचारी संघको चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पाँच दलीय गठबन्धन निकटका कर्मचारी वाम लोकतान्त्रिक गठबन्धन बनाउँदै चुनावमा होमिएका थिए।
सत्तामा रहेकै बेला नेपाली कांग्रेसले आफ्नो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ लगाएर त्रिविमा १४० दिन सम्म तालाबन्दी गरिएको भन्दै चर्को आलोचना भएको थियो ।