काठमाडौ सहित देशका २० जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौ सहित देशका २० जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

२०७९, आषाढ १५ बुधवार

  • 1.1K
    SHARES

  • काठमाडौ सहित देशका २० जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    काठमाडौ । देशका विभिन्न भागमा मंगलवार देखि नै अविरल वर्षा जारी छ । बाढी पूर्वानुमान महाशाखाले निरन्तरको ठुलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

    पछिल्लो ३ घण्टामा कास्की, स्याङजा, पाल्पा, कपिलबस्तु, रूपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौं र आसपास धेरै स्थानमा ठुलो वर्षा भएको महाशाखाको तथ्यांक छ ।

    थप वर्षा हुने भएकाले ती जिल्लामा बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ । तटीय क्षेत्रामा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    २०७९, आषाढ १५ बुधवार०७:०७:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार