युक्रेन युद्धः ६२ लाख मानिस देशभित्रै विस्थापित

युक्रेन युद्धः ६२ लाख मानिस देशभित्रै विस्थापित

२०७९, आषाढ १५ बुधवार

  • 989
    SHARES

  • युक्रेन युद्धः ६२ लाख मानिस देशभित्रै विस्थापित

    युक्रेनमा रुसले आक्रमण गरेपछि अहिलेसम्म ६२ लाख नागरिकहरु देशभित्रै विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। गएको फ्रेब्रुअरी २४ देखि रुसले यूक्रेनमा आक्रमण गरिरहेको छ।

    यो संख्या युद्ध सुरु भएदेखि युक्रेनबाट भागेका र अन्य युरोपेली देशहरूमा शरणार्थीको रूपमा दर्ता भएका ५ दशमलब २६ मिलियन मानिसहरूको अतिरिक्त संख्या हो ।

    जुन २३ सम्म युक्रेनमा अनुमानित ६२ लाख ७५ हजार नागरिक आन्तरिक विस्थापित रहेका राष्ट्र संघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले जनाएको छ । यो २४ फेब्रुवरीमा रूसी आक्रमण पछि आइओएमद्वारा रेकर्ड गरिएको सबैभन्दा कम आइडीपीको संख्या हो ।

    फेब्रुवरीदेखि ६ वटा सर्वेक्षण गरेको संयुक्त राष्ट्रसंघीय निकायले ३ मेमा प्रकाशित चौथो सर्वेक्षणमा आईडीपीको संख्या ८ मिलियन पुगेको बताएको छ । पछिल्लो सर्वेक्षणले सुरुमा भागेका (देशभित्र र बाहिर) ५ दशमलब ५५ मिलियन मानिसहरू आफ्नो घर फर्केको जनाएको छ । -एजेन्सी । 

    २०७९, आषाढ १५ बुधवार०७:२९:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार