धान दिवसका अवसरमा आज सार्वजनिक बिदा

धान दिवसका अवसरमा आज सार्वजनिक बिदा

२०७९, आषाढ १५ बुधवार

  • 889
    SHARES

  • धान दिवसका अवसरमा आज सार्वजनिक बिदा

    कर्णाली । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

    सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

    प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते (आज) सार्वजनिक बिदा दिइएको जनाएको छ । 

    प्रदेश सरकारको गत चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए । 

    २०७९, आषाढ १५ बुधवार०७:४८:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार