काठमाडौं १ मा रणनीति बनाउँदै कांग्रेस, समयमै निर्वाचन हुने संकेत

काठमाडौं १ मा रणनीति बनाउँदै कांग्रेस, समयमै निर्वाचन हुने संकेत

२०७९, आषाढ १५ बुधवार

  • 953
    SHARES

  • काठमाडौं १ मा रणनीति बनाउँदै कांग्रेस, समयमै निर्वाचन हुने संकेत

    काठमाडौं । आगामी संघिय तथा प्रदेश निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले काठमाडौँ क्षेत्र नं १ अन्तर्गत प्रदेश 'ख' मा आन्तरिक रणनीति बनाउन शुरु गरेको छ । 

    प्रदेशमा धेरै आकांक्षी रहेकाले नेता लिलेन्द्र प्रधान, सुरज चन्द्र लामिछाने, अर्जुन राना मगर, माधव लामिछाने, हालका सांसद राजेश गुरुंग लगाएत आधा दर्जन विचमा सामान्य छलफल हुन शुरु गरेको स्रोतले बतायो । 

    प्रकाशमान सिंहको किल्ला भनेर चिनिएको १ नं निर्वाचन क्षेत्रको यस प्रदेशलाई २०७४ सालको चुनावमा एमाले नेता गणेश प्रसाद दुलालले भत्काएका थिए । दुलालले तत्कालिन नेपाली कांग्रेसका प्रतिपक्षी उमेदवार सुरज चन्द्र लामिछानेलाई १८ मतले पराजित गरेका थिए । 

    दुलाल सांसद भएपछि विकासका काम गरेर जनताका घर आँगनमा पुगेकाले पनि यस क्षेत्रमा कांग्रेसले अलि बढि नै चासो दिनेगरेको बुझिएको छ । 

    चुनावलाई लक्षित गर्दै पुर्व उपप्रधानमन्त्री एवं संघिय सांसद प्रकाशमान सिंहले केही दिन अघि संचारकर्मी सँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका बताईएको छ । संचारकर्मीसँग कुरा गर्दै उनले क्षेत्र विकासमा सिंहले गरेका योगदानलाई निष्पक्ष ढंगले जनता सम्म पुर्याईदिन समेत आग्रह गरेका छन् । 

    सिंहको सक्रियता बढेसँगै आगामी निर्वाचन कार्तक - मंसिर भित्रै सम्पन्न हुने विश्लेषकले अनुमान गरेका छन् । 

    २०७९, आषाढ १५ बुधवार०८:२४:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार