काठमाडौँ । सत्ता गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला नेपाली काँग्रेसका नेताहरुले कम्तिमा ६० प्रतिशत सिट लिएर मात्र तालमेल गर्न नेतृत्वलाई स्मरण गराएका छन् ।
काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेताहरूको माग र सत्ता सहयात्री दलको दाबी अनुसार सिटको तालमेल मिलाउन चुनौतीपूर्ण बनेको छ ।
माओवादी र एकीकृत समाजवादीका एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरुबीच गठबन्धन गराउने कसरतले पनि देउवा दबाबमा परेको स्रोतको दाबी छ ।
देउवा र प्रचण्ड आगामी निर्वाचन जितेर प्रधानमन्त्री पद सुरक्षित गर्ने अभियानमा लागिरहँदा सिट बाँडफाँड पेचिलो बन्दै गएको विश्लेषकको भनाई छ ।