आज पनि देशभर पानी पर्ने, भोलि सम्मै भारी वर्षाको सम्भावना

आज पनि देशभर पानी पर्ने, भोलि सम्मै भारी वर्षाको सम्भावना

२०७९, आषाढ १६ बिहिवार

  • 769
    SHARES

  • आज पनि देशभर पानी पर्ने, भोलि सम्मै भारी वर्षाको सम्भावना

    काठमाडौँ । मनसुन सक्रिय भए सँगै बिहीबार (आज) बिहान मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ।

    दिउँसो पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

    रातभारी वर्षा केही कम हुने आकलन गरिएको छ। यद्यपि, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    शुक्रबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

    पानी पार्ने वायु मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग नजिक रहेको छ।

    २०७९, आषाढ १६ बिहिवार०७:०२:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार