भारत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्धारा राजीनामा

भारत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्धारा राजीनामा

२०७९, आषाढ १६ बिहिवार

  • 993
    SHARES

  • भारत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्धारा राजीनामा

    काठमाडौं । भारत महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् ।

    सामाजिक सन्जालमा लाइभ भिडियोमार्फत् उनले भने, ‘म शिवसैनिकहरुको रगत बगोस् भन्ने चाहन्न । त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु । पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन ।’ ठाकरे भारतको शिवसेना प्रमुखसमेत हुन् । त्यसलगत्तै उनी राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुगेका थिए । ठाकरेले विधान परिषद्को सदस्यबाट पनि राजीनामा दिने बताएका छन् ।

    महाराष्ट्रका राज्यपाल कोसियारीले पनि बहुमत परीक्षण गर्न भन्दै आज बिहीबार बिहान ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए । त्यसविरुद्ध शिवसेनाका नेता सुनिल प्रभुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    सर्वोच्चका न्यायाधीशहरु सूर्यकान्त र जेबी पार्डिवालाले रिटमा सुनुवाइ गर्दै विधानसभामा फ्लोर टेस्टलाई रोक्न नसकिने फैसला सुनाएका थिए । त्यसपछि मुख्यमन्त्री ठाकरेले राजीनामा दिएको घोषणा गरे ।

    शिवसेनाका विद्रोही नेता एकनाथ शिन्देसमक्ष बहुमत सदस्य रहेपछि ठाकरेलाई विधानसभामा बहुमत देखाउनुपर्ने चुनौती थियो तर उनले बहुमत सिद्ध नगरी राजीनामाको बाटो रोजेका छन् ।

    यसैबीच अब महाराष्ट्रमा एकनाथ शिन्देसमेतको समर्थनमा भाजपा नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री बन्ने अनुमान गरिएको छ । 

    २०७९, आषाढ १६ बिहिवार०८:४६:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार