शेखर कोइराला समूहको बैठक आज पनि बस्दै

शेखर कोइराला समूहको बैठक आज पनि बस्दै

२०७९, आषाढ १७ शुक्रवार

  • 1.3K
    SHARES

  • शेखर कोइराला समूहको बैठक आज पनि बस्दै

    काठमाडौँ । नेपाली कांग्रेसका सिनियर नेता शेखर कोइराला पक्षको बैठक आज पुनः बस्दैछ । 

    बिहीबार राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो।

    हिजो बसेको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको छ।

    १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि जनाएका थिए।

    नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन्।

    देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका थिए।

    त्यस्तै, एक माथि अर्को काण्डमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई काखी च्यापेर प्रधानमन्त्री बसेको पनि समूहको आरोप छ । 

    २०७९, आषाढ १७ शुक्रवार०६:५४:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार