स्थानीय तह निर्वाचनबारे तयार पारिएको काँग्रेसको प्रतिवेदन पारित

स्थानीय तह निर्वाचनबारे तयार पारिएको काँग्रेसको प्रतिवेदन पारित

२०७९, आषाढ १७ शुक्रवार

  • 869
    SHARES

  • स्थानीय तह निर्वाचनबारे तयार पारिएको काँग्रेसको प्रतिवेदन पारित

    काठमाडौँ । नेपाली काँग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।

    काँग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो ।

    बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा समितिका सदस्यले दिएको सुझावलाई समेटेर तयार पारिएको प्रतिवेदनका बारेमा छलफल गरी प्रतिवेदन पारित गरिएको कांग्रेस स्थानीय तह निर्वाचन समितिका सचिवालय संयोजक नानु बाँस्तोलाले जानकारी दिए । उनले आवश्यक सुझावलाई समेटेर तयार पारेको उक्त प्रतिवेदन काँग्रेस केन्द्रीय समितिको बैठकमा पेश गरिने बताए । 
     
    “७७ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा के कस्तो अवस्था रह्यो, कुन प्रदेशमा कांग्रेसको अवस्था कस्तो भयो, गठबन्धनका दलसँग निर्वाचनमा भएका कमी कमजोरी र उपलब्धिका बारेमा छलफल गरेर प्रतिवेदन तयार गरेका हौँ”, उनले भने । 

    २०७९, आषाढ १७ शुक्रवार०८:२०:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार