युक्रेनमा दुई बालबालिकासहित अठार जना मारिए

युक्रेनमा दुई बालबालिकासहित अठार जना मारिए

२०७९, आषाढ १७ शुक्रवार

  • 1.0K
    SHARES

  • युक्रेनमा दुई बालबालिकासहित अठार जना मारिए

    किएभ । युक्रेनको बन्दरगाह सहर ओडेसको आवासीय क्षेत्रमा आज बिहान रुसी सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुईजना बालबालिकासहित १८ जना मारिएका छन् ।

    रुसी क्षेप्यास्त्रको निशानामा आवासीय बहुतले भवन र मनोरञ्जन क्षेत्र परेका युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणमा परी ३० जना घाइते भएका छन् ।

    आक्रमणको दृश्यमा जलेका भवनका अवशेष देखिएको छ । युक्रेनी सेनाले आक्रमणकारीहरूलाई भगाएको दाबी गरेको छ ।

    युक्रेन युद्ध पाँचौँ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा युरोपेली देशमा इन्धन आपूर्ति प्रभावित भएको छ भने खाद्य सङ्कटको चुनौती थपिएको छ ।

    गत सोमबार किएभस्थित किनमेल घरमा भएको भीषण आक्रमणलाई लिएर युक्रेनले रुसमाथि युद्ध अपराधको आरोप लगाएको छ ।

    एक हजारभन्दा बढी सर्वसाधारण किनमेलमा व्यस्त भएका बेला गैर सैनिक क्षेत्रमा रुसी फौजले गरेको आक्रमणको युक्रेनी राष्ट्रपतिले निन्दा गरेका थिए ।

    पाँच महिनाअघि नै राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरिएको ‘विशेष सैन्य कारबाही’ उसको भूमि कब्जाका निम्ति नभई सैन्य सामर्थ्य र हतियार भण्डार नष्ट गर्ने उद्देश्य भएको बताएका थिए ।-एजेन्सी ।

    २०७९, आषाढ १७ शुक्रवार०१:२५:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार