क्यानडामा मङ्की पोक्सका २७८ बिरामी

क्यानडामा मङ्की पोक्सका २७८ बिरामी

२०७९, आषाढ १७ शुक्रवार

  • 1.0K
    SHARES

  • क्यानडामा मङ्की पोक्सका २७८ बिरामी

    क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबार जुन २९ सम्म देशमा कुल २७८ जनामा मङ्की पोक्सबाट सङ्क्रमित भएको पुष्टि गरेकी छिन् । 

    ब्रिटिस कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू  दर्ता  भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छिन् ।  मङ्की पोक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसको शिकार जो कोही पनि हुनसक्ने  बताइएको छ । 

    उनले भनिन् जुन कुनै लिङ्ग, उमेर समूहको व्यक्ति पनि सहजै सङ्क्रमित हुनसक्ने उनले जनाएकी छिन् । ट्यामका अनुसार अधिकांश सङ्क्रमितहरू २० देखी ६९  उमेर समूह भित्रका छन् ।  

    यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको थियो। रासस

    २०७९, आषाढ १७ शुक्रवार०२:४३:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार