एकै दिनमा सङ्क्रमितको सङ्ख्या सत्र हजारभन्दा बढी

एकै दिनमा सङ्क्रमितको सङ्ख्या सत्र हजारभन्दा बढी

२०७९, आषाढ १७ शुक्रवार

  • 909
    SHARES

  • एकै दिनमा सङ्क्रमितको सङ्ख्या सत्र हजारभन्दा बढी

    नयाँदिल्ली । बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७० सङ्क्रमित भएका छन् । 

    हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ६९ हजार २३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । 

    चौविस घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा २३ को मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार १३९ को मृत्यु भएको छ । 

    हाल भारतमा एक लाख सात हजार १८९ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित एक लाखभन्दा बढी भएको गत छ महिनायता हिजो दोस्रो दिन हो ।  

    पछिल्लो एक दिनमा १४ हजार ४१३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २८ लाख ३६ हजार ९०६ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.६१ प्रतिशत रहेको छ । 

    भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८४ लाख डोजभन्दा बढी खोप लगाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । एजेन्सी ।

     

    २०७९, आषाढ १७ शुक्रवार०५:२३:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार