युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल

युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल

२०७९, आषाढ १८ शनिवार

  • 1.3K
    SHARES

  • युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल

    किभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ ।

    युक्रेन भ्रमणमा रहेका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी गरेको जनाइएको छ ।

    रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनको पक्षमा उभिदै आएको नर्वेले यसअघि पनि विभिन्न सहयोग गर्दै आएको थियो ।

    नर्वेले युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै आएको थियो ।

    भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपति जेलेनेक्सीले नर्वेको सहयोग र समर्थनका लागि धन्यवाद ज्ञापन गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    सो अवसरमा उनले सुरक्षा, राजनीतिक र मानवीय सहयोग नर्वेले गरेको स्मरण गर्नु भएको थियो ।

    प्रधानमन्त्री स्टोरले युक्रेन भ्रमणका क्रममा आक्रमणबाट क्षतिग्रस्त भएका केही ठाउँको स्थलगत निरीक्षण पनि गरेका  र अन्य विभिन्न व्यक्तिहरूसँग पनि सामान्य छलफल गरेका थिए ।-एजेन्सी ।

    २०७९, आषाढ १८ शनिवार१२:३६:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार