‘अनुभवका अनुभूति’ लोकार्पण

‘अनुभवका अनुभूति’ लोकार्पण

२०७९, आषाढ १८ शनिवार

  • 1.9K
    SHARES

  • ‘अनुभवका अनुभूति’ लोकार्पण

    बागलुङ। सर्जक इन्द्र श्रेष्ठको संस्मरणात्मक कृति ‘अनुभवका अनुभूति’ सार्वजनिक गरिएको छ ।

    विद्यामन्दिर पुस्तकालयद्वारा आयोजित कार्यक्रममा  दीअ प्रकाशनद्वारा प्रकाशित उक्त कृति आज बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले लोकार्पण गर्दै भाषा र साहित्यको विकासमा  श्रेष्ठको कृतिले टेवा पुग्ने धारणा व्यक्त गरे  । 

    उक्त पुस्तकमाथि टिप्पणी गर्दै  धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद पाण्डेयले कृतिमा रचनाकारको जीवनका घटना  प्रतिबिम्बित भएको बताए । 

    लेखिका श्रेष्ठले आफ्नो जीवन भोगाइका विविध पाटालाई संस्मरण, अनुभूतिपरक लेख र कविताका माध्यमबाट पुस्तकमा अभिव्यक्त गरिएको जानकारी दिइन् । 

    बागलुङकी सफल महिला उद्यमीमा रुपमा चर्चित श्रेष्ठले हस्तकला व्यवसाय सुरु गर्दाका अनुभवलाई पनि पुस्तकमा समेटेकी छन् । सो कृतिमा उनका कविता र गीत पनि समावेश छन् ।

    २०७९, आषाढ १८ शनिवार०२:३८:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार