देशभर आंशिकदेखि मध्यम वर्षाको सम्भावना 

देशभर आंशिकदेखि मध्यम वर्षाको सम्भावना 

२०७९, आषाढ १९ आइतवार

  • 889
    SHARES

  • देशभर आंशिकदेखि मध्यम वर्षाको सम्भावना 

    काठमाडौँ । साताको पहिलो दिन आज आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

    देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    साथै, आज नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

    यस्तै, सोमबार देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०७९, आषाढ १९ आइतवार०६:५७:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार