कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालय अनुसन्धान निर्देशनालयको निर्देशक पदमा प्रा. डा. प्रेमसागर चापागाईं नियुक्त भएका छन् ।
विश्वविद्यालय कार्यकारीणीको निर्णयानुसार गत असार १७ गतेदेखि लागू हुनेगरी डा. चापागाईंलाई सो जिम्मेवारी दिइएको हो ।
यस अघिका निर्देशक प्रा.डा. उमेश कुमार मण्डलले राजीनामा दिए पछि उक्त पद रिक्त रहेको थियो ।
उनले आइतबार बिहान औपचारिक रुपमा पदभार समेत ग्रहण गरेका छन् ।