काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।
बैठक ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।
बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने नेकपा एमालेले जनाएको छ ।