कोरोना अपडेट : थप ४०९ जनामा संक्रमण, ३० जना भेन्टिलेटरमा

कोरोना अपडेट : थप ४०९ जनामा संक्रमण, ३० जना भेन्टिलेटरमा

२०७७, पौष २२ बुधवार

  • 2.5K
    SHARES

  • कोरोना अपडेट : थप ४०९ जनामा संक्रमण, ३० जना भेन्टिलेटरमा

    पौष २२, काठमाडौँ ।

    पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ६ हजार ७०६ नमुना परीक्षण गर्दा १४४ महिला र २६५ पुरुषमा संक्रमण पुष्टि भएको हो । 

    हाल देशभर ५ हजार १३३ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १ हजार ६०८ जनाको होम आइसोलेसनमा छन् भने १९७ जनाको आईसीयू र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ५६ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ८९९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

     

     

    २०७७, पौष २२ बुधवार०५:०९:०१
    प्रतिक्रिया
    सम्बन्धित समाचार