काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबार (आज) पनि बस्ने भएको छ।
बैठक आइतबारदेखि काठमाडौँमा सुरू भएको हो।
शुरुवाती दिनको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ। जसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन् भने अन्य पदाधिकारीको अझै टुंगो लागेको छैन।
बैठकमा अध्यक्ष दाहालले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरेका छन्।
बैठक तीन दिन चल्ने बताइएको थियो तर नेताहरुले ५ दिनसम्म लगाएर भएपनि पार्टी पदाधिकारी टुंग्याउनु पर्ने भन्दै दबाब बढाइरहेका छन्।
बैठक महासचिवका विषयमा पेचिलो बन्दै गएको छ ।