केएमसी र मृतक कर्मचारीको परिवारबीच सहमति, ८ लाख क्षतिपूर्ति दिइने

केएमसी र मृतक कर्मचारीको परिवारबीच सहमति, ८ लाख क्षतिपूर्ति दिइने

२०७९, आषाढ २० सोमवार

  • 1.2K
    SHARES

  • केएमसी र मृतक कर्मचारीको परिवारबीच सहमति, ८ लाख क्षतिपूर्ति दिइने

    काठमाडौँ । केएमसी स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी रमा रायमाझीको परिवार र केएमसी स्कुलबीच सहमति भएको छ।

    शनिबार साँझ स्कुलकै होस्टलमा झुण्डिएको अवस्थामा फेला परेकी केएमसीमा कार्यरत् रमाको परिबारले उनको हत्या भएको भन्दै शव बुझेको थिएन।

    आइतबार बिहानैदेखि रमाको परिवार र आफन्तले स्कुल प्रशासन घेराउ गरेपछि त्यहाँको अवस्था तनावपूर्ण थियो। प्रहरीले स्कुल प्रशासन र मृतकपक्षबीच सहमतिको प्रयास बिहानैदेखि गरिरहेको भएपनि साँझमात्र वार्ता गरि दुवैपक्षबीच सहमति जुटेको हो।

    आइतबार साँझ भएको वार्तामा मृतकको परिवारलाई ८ लाख रुपैयाँ क्षतिपूर्ति दिने र स्कुल प्रशासनले रमाको मृत्युबारे निष्पक्ष रुपमा छानबीनको लागि सघाउने सहमति भएपछि अवस्था समान्य भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए।

    अप्रत्याशित आईपरेको घटनाका कारण विद्यालयले आइतवार राति पुनः सूचना जारि गरेर अनिश्चितकालिन विदा दिइएको जनाएको छ । यद्यपि परिस्थिति सहज हुँदै गएकाले मंगलवारबाट विद्यालय खुल्ने आशामा विद्यार्थी रहेका बुझिएको छ । 

    २०७९, आषाढ २० सोमवार०८:००:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार