काठमाडौं । समाजसेवी अन्तरराष्ट्रिय संस्था लायन्स क्लव अफ काठमाडौं वशिष्ठको प्रेसिडेन्टमा लायन अजित कुमार भट्टराई निर्वाचित भएका छन् ।
शनिवार काठमाडौंमा सम्पन्न जिम्मेवारी हस्तान्तरण कार्यक्रमका विच चार्टर प्रसिडेन्ट लायन जेपी भट्टराईले नवनिर्वाचित प्रसिडेन्ट अजित कुमार भट्टराईलाई सो जिम्मेवारी हस्तान्तरण गरे । विविध व्यवसायमा अब्बल रहेका समाजसेवी जेपी भट्टराई क्लवका शुरुवाती वर्ष २०२० देखि हाल सम्म प्रेसिडेन्ट रहेका थिए । हाल उनी डिस्ट्रिक्ट क्वेस्ट चेयर पर्सनको जिम्मेवारीमा छन् ।
नयाँ जिम्मेवारी प्राप्त गरेका शैक्षिक परामर्श व्यवसायी एवं समाजसेवी अजित कुमार यस अघि चार्टर सेक्रेटरी रहेका थिए ।
त्यसैगरि भाईस प्रेसिडेन्टमा लायन अग्नी प्रसाद भट्टराई, सेक्रेटरीमा लायन केशव भट्टराई र ट्रेजररमा लायन खेमराज भट्टराई निर्वाचित भएका छन् । लायन अग्नी भट्टराई र लायन खेमराज भट्टराई समाजसेवी एवं व्यवसायी हुन् भने लायन केशव भट्टराई शिक्षासेवी एवं सञ्चारकर्मी हुन् ।
सल्लाहकार सदस्यमा लायन देवी प्रसाद भट्टराई रहेका छन् । उनी पुर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिंग संकायका डिन हुन् ।
त्यस्तै, सदस्यहरुमा लायन पुरुषोत्तम भट्टराई, लायन सरोज भट्टराई, लायन कालिराज भट्टराई, लायन बादलबाबु भट्टराई, लायन विद्या भट्टराई, लायन कमला भट्टराई, लायन ठाकुर भट्टराई, लायन जनार्दन भट्टराई, लायन विनिता भट्टराई र लायन विनुजा भट्टराई, लायन डा मधुसुदन भट्टराई, लायन लिला भट्टराई, लायन दुर्गा प्रसाद भट्टराई र लायन विष्णु प्रसाद भट्टराई रहेका छन् । लायन पुरुषोत्तम भट्टराईलाई प्रोग्राम एडभाइजरको जिम्मेवारी समेत प्रदान गरिएको छ ।
कार्यक्रममा सिनियर लायन लिडरहरु लायन इन्जिनियर शुसिल भट्टराई, लायन श्याम प्रसाद अधिकारी, लायन इन्द्र श्रेष्ठ, लायन सरिता शर्मा लगाएतको उपस्थिति रहेको थियो ।